सहमतिपछी मगर संघले भन्यो ‘कुनै पनि आन्दोलन र जुलुस गरेका छैनौं’
सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा खलल पुग्ने गतिविधिहरु नगर्न दुवै पक्षलाई अपिल
काठमाडाैं | जेठ २०, २०७९
पोखरा: अभिनेत्री मिरुना मगरले अभद्र व्यवहार गरेकाआरोपी फुर्वा लामालाई झापड हानेको विषयमा मगर संघले मिलापत्रपछी आधिकारिक धारणा सार्वजनिक गरेको छ ।
नेपाल मगर संघका महासचिव टेक बहादुर नाम्जाली मगरद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती जारी गर्दै संघको धारणा सार्वजनिक गरेको हो ।
‘कुनै पनि असल नागरिकले एक नारीमाथी हुने दुव्र्यवहार सहन सक्दैन । त्यसको परिणाम यस घटना हुन पुगेको सर्वविदितै छ । यस्तो संवेदनशिल सवालमा नेपाल मगर संघ र मगर समुदाय अत्यन्त गम्भीर हुदाहुदै सामाजिक सञ्जालमा मगर समुदाय र नायिका मिरुना मगरमाथी आँच आउने गरि भईरहेको गतिविधिप्रति यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ ।
जारी विज्ञप्तीमा लेखिएको छ, ‘मगर समुदायको चेली मिरुना मगरमाथी गरिएको अभद्र व्यवहारमा गल्ती स्वीकार गरि माफी मागेर दुवै पक्षको विचमा सहमति भइसकेको अवस्थामा जातिय सद्भाव र धार्मिक सहिष्णुतालाई खलल पुग्ने खालको कुनै धर्म र जातिको विरुद्धमा नेपाल मगर संघ र मगर संघ संस्थाहरुले कुनै प्रकारको आन्दोलन तथा जुलुसका कार्यक्रम आयोजना नगरिएको जानकारी गराइन्छ ।
घटना घटेर एक आपसमा सहमति भइसकेको स्थितिमा पनि यस्ता सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा खलल आउने खालको गतिविधिहरु कुनै पनि पक्षले नगर्न नगराउन हार्दिक अपिल र अनुरोध गर्दै गम्भीरतापूवर्क सचेत गराउन चाहान्छौं अन्यथा यसको प्रतिवाद गर्न संघ बाध्य हुने यसै विज्ञप्ती मार्फत जानकारी गरिन्छ ।’
विज्ञप्ती:
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

